जिरीको मुख्य बजार — एक दिनको बसाइमै तेन्जिङ–हिलारी पार्क, टोनी हेगन पार्क, गुम्बा र स्तुपा घुम्न सकिने ठाउँ ।
परिचय
भौगोलिक बनावट र हावापानी मिल्दोजुल्दो भएकाले जिरीलाई नेपालको स्वीट्जरल्याण्ड पनि भनिन्छ । स्वदेशी र विदेशी पर्यटकहरुको रोजाइमा पर्ने जिरी प्राकृतिकरुपमा निकै सुन्दर छ । छोटो अवधिका लागि आउने पर्यटकहरु जिरी लिंकन बजार र आसपासका क्षेत्रमा भ्रमण गर्न सक्छन् ।
एक दिन बसाईको अवधिमा जिरी बजार, दक्षिणतर्फ समथर हरियाली फाँट रहेको पुरानो एयरपोर्ट क्षेत्र, प्रथम सगरमाथा आरोही तेन्जिङ शेर्पा र एडमण्ड हिलारीको स्मृतिमा निर्मित तेन्जिङ–हिलारी पार्कको भ्रमण गर्न सकिन्छ ।
जिरीलाई विश्वसामु चिनाउने स्वीस नागरिक टोनी हेगनको सम्झनामा पनि जिरीमा पार्क निर्माण गरिएको छ । टोनी हेगन ईकोलोजिकल पार्क पर्यटककालागि अर्को आकर्षणको केन्द्र हो ।
किन घुम्ने?
जिरी बजार नजिकै जिरेश्वरी महादेवको दर्शन गर्न सकिने छ भने बजार आसपासको क्षेत्रमा गुम्बा, चैत्य र बौद्ध मूर्तिहरु पनि रहेका छन् । ढुँगे बजारमा रहेको कुन्शल थोङडोलिङ गुम्बा, यहाँको ऐतिहासिक पुरानो गुम्बा मानिन्छ ।
जिरी बसपार्क नजिकै रहेको बौद्ध स्तुपा र सो भन्दा केही माथि रहेको गुरु पद्मसम्भव अर्थात गुरु रिन्पोछेको मूर्ति बौद्ध धर्मावलम्बीहरुको आस्थाका केन्द्र हुन् ।
भ्रमणको क्रममा नेपालको एक मात्र जिरी गाई आनुवंशिक स्रोत केन्द्रमा रहेका उन्नत जातका गाईको लस्कर र नेपालकै नमूना जिरी प्राविधिक शिक्षालयको भ्रमण गरी कृषि, पशुपालन तथा प्राविधिक शिक्षाका बारेमा पनि जानकारी लिन सकिने छ ।
फोटो ग्यालरी
आगन्तुक जानकारी
जान्नैपर्ने कुराहरू
लिंकन बजार र आसपासका क्षेत्र एक दिनको बसाइमै घुम्न सकिन्छ ।
स्थान
ढुँगे अर्थात लिंकन बजारजिरी, दोलखा, बागमती, नेपाल