पार्क

स्टोन पार्क

जिरी, दोलखा, बागमती, नेपाल

खिम्ती खोला किनारमा प्राकृतिक रुपमा रहेका विभिन्न आकृतिका ढुंगाहरु भएको पार्क — पाँचपोखरी यात्राको सुरुवात बिन्दु ।

परिचय

जिरीमा रहेका पार्कहरु मध्ये जिरी–१ श्यामामा रहेको स्टोन पार्क चर्चामा छ । दोलखा र रामेछापको बीचबाट बग्ने खिम्ती खोला किनारमा रहेको यो पार्क भ्रमणमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दो छ ।

खोला किनारमा रहेको समथर फाँट र त्यहाँ प्राकृतिकरुपमा विभिन्न आकृतिका ढुंगाहरु रहेकाले यो पार्कको नाम स्टोन पार्क राखिएको हो । प्राकृतिक रुपमा मिलेर रहेका ठूला–ठूला ढुंगाहरुलाई जीवन्त राख्दै अन्य संरचनाहरु थपेर पार्कलाई सुन्दर बनाइएको छ ।

किन घुम्ने?

पार्कभित्र बुद्ध र शिवको मूर्ति, हेलिप्याड, स्विमिङ पुल, प्रतीक्षालय लगायतका संरचनाहरु निर्माण गरिएका छन् । यो पार्कबाट जिरी नगरपालिकाको श्यामा र रामेछापको चुचुरे क्षेत्रको अवलोकन गर्न सकिन्छ । यही स्थानबाट हुँदै प्रसिद्ध धार्मिक एवँ पर्यटकीय स्थल पाँचपोखरी–जटापोखरीको यात्रा सुरु हुन्छ ।

आगन्तुक जानकारी

जान्नैपर्ने कुराहरू

जिरी बजारबाट रामेछापको ठोसे–शिवालय र गर्जाङ हुँदै, वा जिरीबाट माली, यलुङ, श्यामाडाँडा हुँदै स्टोन पार्क पुग्न सकिन्छ ।
दिनभर पार्कको भ्रमण गरेर बेलुकी जिरी बजार फर्किन सकिन्छ ।

सुविधाहरू

  • बुद्ध र शिवको मूर्ति
  • हेलिप्याड
  • स्विमिङ पुल
  • प्रतीक्षालय
  • नजिकैको पुम्पा बजारमा होटल र लज

स्थान

जिरी–१, श्यामा (खिम्ती खोला किनार)
जिरी, दोलखा, बागमती, नेपाल