बुद्ध पार्कमा प्रार्थना झण्डाले घेरिएको सुनौलो बुद्ध मूर्ति

फोटो: Attitrajar, CC BY-SA 4.0, Wikimedia Commons

पार्क

मानेडाँडा–बुद्ध पार्क हुँदै लौती झरना

जिरी, दोलखा, बागमती, नेपाल

जिरीको ‘भ्यू प्वाइन्ट’ बुद्ध पार्क र करिब ५० मिटर अग्लो लौती झरनासम्मको एक दिने यात्रा ।

परिचय

लिंकन बजार पछिको दोस्रो ठूलो बजार पुरानो हाटडाँडा अर्थात अहिलेको मानेडाँडा बजार र मानेडाँडा पार्क हो । यो चरिकोट–जिरी सडकको मुख्य मार्गमा पर्दछ । विगतमा हाटबजार लाग्ने स्थानमा अहिले जिरी नगरपालिकाले मानेडाँडा पार्क बनाएको छ । पार्कको बीचमा बौद्ध माने राखिएको छ ।

जिरी नगरपालिका–६ मानेडाँडाको भ्रमण पछि पैदल वा गाडी चढेर बुद्ध पार्क पुग्न सकिन्छ । बुद्ध पार्कमा निर्माण गरिएको बुद्धको मूर्ति लगायतका संरचनाहरुले यो स्थानलाई अझ सुन्दर र जीवन्त बनाएको छ । च्योर्दोङ पहाडको सामुने रहेको बुद्ध पार्कबाट जिरी उपत्यका र वरपरको दृश्यलाई अवलोकन गर्न सकिन्छ । यो पार्क जिरीको ‘भ्यू प्वाइन्ट’ को रुपमा रहेको छ ।

किन घुम्ने?

बुद्ध पार्कको भ्रमणपछि कलङमा रहेको लौती झरनाको यात्रा गर्न सकिन्छ । सडक मार्ग र पैदल यात्रा मार्फत सहजै पुग्न सकिने लौती झरनामा शरद ऋतुकालिन दिनहरुमा इन्द्रेणी लागेको दृश्य अद्भुत देखिन्छ । यो झरनाको फेदीमा महादेवको मन्दिर पनि निर्माण गरिएको छ ।

करिब ५० मिटर अग्लो लौती झरना मानेडाँडाबाट करिब ३ किलोमिटरको दुरीमा छ । यो झरनामा लौती भन्ने बन झाँक्रीले नुहाउने बालबालिकाहरुलाई समेत लगेर तन्त्रमन्त्र गरी झाँक्री विद्या सिकाएर पठाउने गरेको किंवदन्ती छ । झरनाको फेदीमा रहेको माछा फार्ममा ट्राउट माछा फिसिङ गरेर रमाउन सकिन्छ ।

आगन्तुक जानकारी

जान्नैपर्ने कुराहरू

यो यात्रा एक दिनको अवधिमा पूरा गर्न सकिन्छ ।
लौती झरना मानेडाँडाबाट करिब ३ किलोमिटरको दुरीमा छ ।
शरद ऋतुमा झरनामा इन्द्रेणी देखिन्छ ।

स्थान

जिरी नगरपालिका–६, मानेडाँडा
जिरी, दोलखा, बागमती, नेपाल

नजिकका स्थानहरू